Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

साफ महिला च्याम्पियनसिप : पहिलो हाफमा नेपाल ४-० ले अगाडि

काठमाडौं । साफ महिला च्याम्पिनसशिप अन्तर्गत समूह 'बी' को अन्तिम खेलमा नेपालले पहिलो हाफमा श्रीलङ्कालाई चार–शून्यको अग्रता लिएको छ ।

दशरथ रङ्गशालामा भइरहेको खेलमा नेपालले खेलको नवौँ मिनेटमा पहिलो गोल गरेको थियो । नेपालका लागि रश्मीकुमारी घिसिङले पहिलो गोल गरिन् ।

यस्तै ११ औँ मिनेटमा सरु लिम्बुले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् । यस्तै खेलको १७ औँ मिनेटमा अमृता जैशी र इन्ज्युरी समयमा दीपा राईले गोल गरिन् ।

यो खेलमा नेपालले जित वा बराबरीको नतिजा निकाले पनि समूह विजेता बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077