Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

साफ महिला च्याम्पियनसिप : श्रीलंकालाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं । साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह 'बी' को अन्तिम खेलमा नेपालले श्रीलङ्कालाई ६–० गोल अन्तरले पराजित गरेको छ ।

दशरथ रंगशालामा सोमबार साँझ भएको समूह चरणको अन्तिम तथा दोस्रो खेलमा पाहुना टोली श्रीलंकालाई ६–० गोलले हराउँदै नेपालले अन्तिम चारमा स्थान बनाएको हो ।

नेपालका लागि रश्मीकुमारी घिसिङले खेलको नवौँ मिनेटमा पहिलो गोल गरिन् । यस्तै ११ औँ मिनेटमा सरु लिम्बुले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् ।

यस्तै खेलको १७ औँ मिनेटमा अमृता जैशी र इन्ज्युरी समयमा दीपा राईले गोल गरिन् । यस्तै अनिशा कार्कीले खेलको ७६ र दोस्रो हाफको इन्ज्युरी समयमा गोल गरिन् ।

यो जितसँगै नेपाल समूह 'बी' को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । नेपालले पहिलो खेलमा भुटानलाई चार–शून्यले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077