Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गोरखामा १५ वर्षीया किशोरी बलात्कृत, सेनाका अमल्दार पक्राउ

गोरखा । गोरखामा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा नेपाली सेनाका अमल्दार पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बागलुङ गल्कोट–११ घर भइ हाल नेपाली सेनाको वेनिघाट–आरुघाट सडक निर्माण कार्यदलमा कार्यरत नेपाली सेनाका अमल्दार मनबहादुर राना रहेका छन् ।

गएको शनिबार १५ वर्षीया किशोरीलाई बलात्कार गरेको रानामाथि आरोप लागेको छ । किशोरीलाई बलात्कार गरेको घटना सार्वजनिक भएपछि रानालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।

उनीविरुद्ध सोमबार जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077