Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • गोरखामा १५ वर्षीया किशोरी बलात्कृत, सेनाका अमल्दार पक्राउ

    गोरखामा १५ वर्षीया किशोरी बलात्कृत, सेनाका अमल्दार पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २७ भाद्र २०७९
  • 822
    SHARES

    फाइल तस्विर

    गोरखा । गोरखामा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा नेपाली सेनाका अमल्दार पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा बागलुङ गल्कोट–११ घर भइ हाल नेपाली सेनाको वेनिघाट–आरुघाट सडक निर्माण कार्यदलमा कार्यरत नेपाली सेनाका अमल्दार मनबहादुर राना रहेका छन् ।



    गएको शनिबार १५ वर्षीया किशोरीलाई बलात्कार गरेको रानामाथि आरोप लागेको छ । किशोरीलाई बलात्कार गरेको घटना सार्वजनिक भएपछि रानालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।



    उनीविरुद्ध सोमबार जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार