Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सिट बाँडफाँट सकस

    गठबन्धनका शीर्ष नेतासहितको बैठक निष्कर्षविहीन, एउटै क्षेत्रमा धेरै दावी

    गठबन्धनका शीर्ष नेतासहितको बैठक निष्कर्षविहीन, एउटै क्षेत्रमा धेरै दावी

    अनलाइन नेपाल
  • सोमबार, २७ भाद्र २०७९
  • 720
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सिट बाँडफाँटमा सहमति जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेतासहितको बैठक बिनानिष्कर्ष टुंगिएको छ ।

    सोमवार बिहानैदेखि गठबन्धनका शीर्ष नेताहरू बालुवाटारमा बैठकमा जुटेका थिए । तर बैठकमा आज पनि सहमति जुट्न नसकेको नेपाली कांग्रेसका नेता एवं सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।



    उनले एउटै क्षेत्रको सिटमा पनि दुई तीनवटा दावी गरेको अवस्था रहेको र यसको समाधानको प्रयास भइरहेको उल्लेख गरे।



    गठबन्धनका धेरैजसो नेताहरूले बालुवाटारमै खाना खाएर बैठकमा जुटेका थिए । बिहान ८ बजेदेखि १२ बजेसम्म बैठक बसेपछि नेताहरू खाना खाने ब्रेकमा गएका थिए । फेरि दिउँसो २ बजेबाट बसेको बैठक बिनानिष्कर्ष टुंगिएको मन्त्री कार्कीले बताए । उनले सिट बाँडफाँटमा सहमति नजिक पुगेपनि अन्तिम टुङ्गो लाग्न बाँकी रहेको बताए ।

    सबै दलहरु लचिलो भएर अघि बढ्नुपर्ने अवस्था रहेको उनको भनाइ छ। गठबन्धनका शीर्ष नेतालाई यसअघि नै कार्यदलले दलहरूको आ(आफ्नो अडान सहितको प्रतिवेदन बुझाइसकेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार