Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

मुगुमा १६ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, तीन जना पक्राउ

मुगु । मुगुमा १६ बर्षीया बालिका सामूहिक बलात्कारमा परेकी छिन् । छायाँनाथ रारा नगरपालिका-१३ लुमगाउँ नजिकै गमगढी बाम कच्ची सडक खण्डमा २३ भदौ राति १२ बजेतिर तीन युवाले सामूहिक बलात्कार गरेको आरोप छ ।

पीडितको उजुरीका आधारमा बलात्कार आरोपमा छायाँनाथ रारा नगरपालिका-४ का २१ वर्षीय श्रीष्ट महतारा, कालिकोट सन्नी त्रिवेणी गाउँपालिका-३ रखुका

स्थायी घर भई हाल छायानाथ रारा नगरपालिका-१४ बामगाउँमा बस्दै आएका १८ वर्षीय देवराज जैशीलाई जिल्ला प्रहरी कार्यालय मुगुले पक्राउ गरेको छ ।

एक आरोपी १३ वर्षीय बालकलाई भने कानुनअनुसार संरक्षकको जिम्मामा छाडेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

प्रतिवादीहरूलाई जिल्ला प्रहरी कार्यालय मुगुको हिरासतमा राखी विस्तृत अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077