Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • विद्यार्थीको हातहातमा ‘चुच्चे नक्सा’ पुर्याउने अभियान सञ्चालन

    विद्यार्थीको हातहातमा ‘चुच्चे नक्सा’ पुर्याउने अभियान सञ्चालन

    अनलाइन नेपाल
  • मंगलबार, २८ भाद्र २०७९
  • 744
    SHARES

    काठमाडौं । विद्यार्थीहरुसहित विशिष्ट व्यक्तिहरुको हातहातमा नेपालको नयाँ नक्सा पुर्याउने अभियान थालिएको छ ।

    ईश्वर अर्याल र रामप्रसाद खनालले चुच्चे नक्सासहित विद्यार्थीहरु र विशिष्ट व्यक्तिहरुको हातहातमा पुर्याउने अभियान थालेका हुन् ।



    सरकारले २०७७ जेठ ५ मा कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा जारी गरेको थियो । कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्सासहित उनीहरुले अभियान थालेका हुन् ।



    साउनको पहिलो साताबाट आरम्भ गरिएको उक्त अभियान अन्तर्गत उनीहरुले १० हजार विद्यार्थीहरुको हातमा चुच्चे नक्सा पुर्याइसकेका छन् ।

    देश चिन्न र भूगोलको बारेमा जानकारी गराउनका लागि आफूहरुले विद्यार्थीहरुको हातहातमा नयाँ नक्सा पुर्याउने अभियान थालेको उनीहरुले बताएका छन् ।

    पहिलो चरणमा काठमाडौं उपत्यकाका ठूला सामुदायिक विद्यालयका ९ र १० कक्षाका विद्यार्थीहरुलाई नक्सा पुर्याउने अभियान थालिएको अर्याल बताउँछन् ।

    भूमिसुधार मन्त्रालयका सहसचिव तथा प्रवक्ता जनकराज जोशीले सरकारले पास गरेको नक्सालाई मन्त्रालयले स्वीकृत गरी विभागलाई छाप्न र वितरणको जिम्मा दिइएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार