Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

निश्चल बस्नेतको आक्रोश : मान्छेको ज्यानभन्दा ठूलो भिआइपीको सवारी हुँदैन

काठमाडौँ । चलचित्र निर्देशक तथा नायक निश्चल बस्नेतले उच्चस्तरीय भिआइपी भेटघाटका सर्वसाधारणले सवारी जाम झेल्न परेकोमा गुनासो गरेका छन् ।

नेपालको औपचारिक भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुसँग उच्चस्तरीय भेटघाटका कारण एम्बुलेन्सले समेत बाटो नपाएको भन्दै गुनासो पोखेका हुन् ।

मंगलबार सामाजिक सञ्जालमा लामो सवारी जाम र त्यसैकोबीचमा परेको बिरामी बोकेको एम्बुलेन्सको तस्बिर सार्वजनिक गर्दै फेसबुकमा लेख्छन्,’कसैले ती भिआइपीलाई सुनाइदिनू।

तिम्रो सवारीमा बाधा नपुगोस् भनेर हाम्रो भिआइपीहरुले एम्बुलेन्सभित्र छटपटाई रहेको ज्यानसमेत दाउमा राखेका छन् ।’

जति नै ठुलो मान्छे आएपनि बिरामी बोकेको एम्बुलेन्स रोक्न नहुने बताउँदै उनी भन्छन्,’तिनै ठूलो मान्छे आएपनि ट्राफिकले एम्बुलेन्सलाई रोकिन दिनु भएन, ज्यानभन्दा ठूलो सवारी कुनै भिआइपी हुनुहुँदैन ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077