Online Nepal
  • सोमबार, १९ साउन २०८२
  • निश्चल बस्नेतको आक्रोश : मान्छेको ज्यानभन्दा ठूलो भिआइपीको सवारी हुँदैन

    निश्चल बस्नेतको आक्रोश : मान्छेको ज्यानभन्दा ठूलो भिआइपीको सवारी हुँदैन

    अनलाइन नेपाल
  • मंगलबार, २८ भाद्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौँ । चलचित्र निर्देशक तथा नायक निश्चल बस्नेतले उच्चस्तरीय भिआइपी भेटघाटका सर्वसाधारणले सवारी जाम झेल्न परेकोमा गुनासो गरेका छन् ।

    नेपालको औपचारिक भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुसँग उच्चस्तरीय भेटघाटका कारण एम्बुलेन्सले समेत बाटो नपाएको भन्दै गुनासो पोखेका हुन् ।



    मंगलबार सामाजिक सञ्जालमा लामो सवारी जाम र त्यसैकोबीचमा परेको बिरामी बोकेको एम्बुलेन्सको तस्बिर सार्वजनिक गर्दै फेसबुकमा लेख्छन्,’कसैले ती भिआइपीलाई सुनाइदिनू।

    तिम्रो सवारीमा बाधा नपुगोस् भनेर हाम्रो भिआइपीहरुले एम्बुलेन्सभित्र छटपटाई रहेको ज्यानसमेत दाउमा राखेका छन् ।’

    जति नै ठुलो मान्छे आएपनि बिरामी बोकेको एम्बुलेन्स रोक्न नहुने बताउँदै उनी भन्छन्,’तिनै ठूलो मान्छे आएपनि ट्राफिकले एम्बुलेन्सलाई रोकिन दिनु भएन, ज्यानभन्दा ठूलो सवारी कुनै भिआइपी हुनुहुँदैन ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार