Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दक्षिण भारतको सिकन्दराबाद होटलमा आगलागी, आठ जनाको मृत्यु

एजेन्सी । भारतको दक्षिणी राज्य तेलङ्गानाको सिकन्दराबाद शहरस्थित एउटा होटलमा आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् ।

सोमबार राति भएको आगलागीमा परी घाइते भएकाको स्थानीय अस्पतालमा भर्ना गरिएको तथा केहीको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन् ।

दुई वटा तलामा विद्युतीय मोटरसाइकलको प्रदर्शनी कक्ष रहेको बहुतले उक्त होटलमा आगो लाग्दा त्यहाँ राखिएका सबै मोटरसाइकल जलेका छन् ।

स्थानीय वारूणयन्त्रका एक जना अधिकारीले आठ वटा शव होटलको भवनबाट निकालेको र सात जना घाइतेलाई अस्पताल भर्ना गरिएको बताएका छन् । होटल भवनको सबैतिर मानिस भएनभएको खोजी गरिएको र आगो पूर्णरूपमा निभाइएको उनले बताए ।

आगलागीको कारण खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077