Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मिटरब्याज पीडितमाथि प्रहरीको धरपकड

काठमाडौं । न्याय खोज्दै काठमाडौं आएका मिटरब्याज पीडितहरुको आन्दोलनमा मंगलबार पनि प्रहरीले हस्तक्षेप गरेको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुको सवारी हुँदा शान्तिपूर्ण धर्नामा बसेका मिटरब्याजपीडितमाथि प्रहरीले हस्तक्षेप गरेको हो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सिताराम रिजालका अनुसार मंगलबार ३० जनालाई पक्राउ गरिएको छ । मिटरब्याजपीडित माइतीघरमा धर्नामा बसेका थिए ।

माइतीघर–नयाँ बानेश्वर क्षेत्र लीको भ्रमण रुट पर्ने भएकाले प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक रिजालले बताए ।

उनको भ्रमणका क्रममा सोमबार पनि प्रहरीले मिटरब्याजपीडितमाथि धरपकड गरेको थियो ।

चर्को ब्याज लिएर साहुले घरखेतसमेत हडपेपछि न्याय खोज्दै नवलपरासीसहित धेरै जिल्लाका पीडित सर्वसाधारण काठमाडौं आएर प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077