Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपालले २ करोड बराबरको २२ टन राहत सामग्री पाकिस्तानलाई दियो

काठामाडौं । नेपालले मानवीय सहायता स्वरुप २२ टन राहत सामाग्री आज पाकिस्तानलाई हस्तान्तरण गरेको छ ।

परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्सालले ती सामाग्री पाकिस्तानको कराँची गई सिन्ध प्रान्तका समाज कल्याणमन्त्री साजिद जोखियोलाई हस्तान्तरण गरेकी हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पाकिस्तानलाई २ करोड रुपैयाँ बराबरको मानवीय सहायता उपलब्ध गराउने निर्णय गरेको थियो । सोही निर्णय वमोजिम आज २२ टन सामाग्री पाकिस्तानलाई हस्तान्तरण गरिएको हो ।

पछिल्लो दिनमा बाढीले पाकिस्तानका ठूलो जनधनको क्षति गरेपछि नेपालले उक्त राहत सामाग्री पठाएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077