Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

साफ महिला च्याम्पियनसिप : इतिहासमा भारतको पहिलो हार, सेमिफाइनलमा नेपालसँग भिड्ने

काठमाडौं । बंगलादेश समूह विजेताको रुपमा छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको समूह चरणको अन्तिम खेलमा भारतलाई ३–० गोल अन्तरले हराउँदै बंगलादेश समूह विजेता बनेको हो ।

बंगलादेशको जितमा मोसमात सिराज जाहान सोप्नाले दुई गोल गरिन् भने कृष्णारानी सरकारले एक गोल थपिन् । खेलको पहिलो हाफमा २ तथा दोस्रो हाफमा १ गोल भएको थियो ।

जितसँगै बंगलादेश समूह ए को विजेताको रुपमा अन्तिम चारमा पुगेको छ । तर भारतले भने प्रतियोगिताको इतिहासमै पहिलो हार बेहोरेको हो । यसअघि साफमा भारतले २५ खेल खेल्दा २४ जित र १ बराबरीको नतिजा निकालेको थियो ।

अब सेमिफाइनलमा बंगलादेशले भुटानको सामना गर्नेछ । भारतले नेपालको सामना गर्नेछ । समूह ’बी’ मा नेपाल समूह विजेता र भुटान उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077