Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

काठमाडौंका सडक आज पनि दिनभरजसो प्रभावित हुने, बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडौं । काठमाडौं उपत्यकामा आज पनि ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने सम्भावना छ । नेपाल भ्रमणमा रहेको चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली झान्सु आज पनि उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त हुने भएपछि ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने देखिएको हो ।

चार दिने नेपाल भ्रमणका लागि सोमबार नेपाल आएका लीले आज विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यतालिका छ । साढे ३ बजे राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्ने कार्यतालिका छ । उनले आजै भक्तपुर दरबारको अवलोकनको कार्यक्रम रहेको छ।

ली राजनीतिक भेटवार्ता र भ्रमणमा निस्कने समयमा आज पनि काठमाडौं उपत्यकाको सवारी आगमन प्रभावित हुने भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आज बिहान ९ बजेको आसपासमा रविभवन, सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, माइतिघर, नयाँ बानेश्वर, कोटेश्वर, जडिबुटी, कौशलटार, गठ्ठाघर, नयाँ ठिमी, राधेराधे, सल्लाघारी, सैनिक आवासीय महाविघालय, क्यान्सर अस्पताल, कालोपाटी, व्यासी, सीडीयो कार्यालयदेखि भक्तपुर दरवार स्क्वायर आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुनेछ।

दिउँसो साढे ३ बजे सोल्टी होटल, कालिमाटी, टेकु, त्रिपुरेश्वर, नागस्थान, गोश्वारा हुलाक, महांकाल, भोटाहिटी, जमल, केशरमहल, लैनचौर, सांग्रिला होटेल, पानीपोखरी र शीलत निवास म्मको सवारी आवागमन प्रभावित हुने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

लीको सवारीको समयमा वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ । सोमबार र मंगलबार पनि काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको थियो ।

नेपाल प्रहरीले उनीमाथि हुनसक्ने खतराको पनि मूल्यांकन गरेको छ । उनीमाथि तिब्बती शरणार्थीको थ्रेट हुनसक्ने भनेर मूल्यांकन गरिएको प्रहरीले जनाएको छ ।

चान्सुको सुरक्षाको लागि चिनियाँ सुरक्षाकर्मी पनि आएका छन्। नेपाल प्रहरीले पनि उनलाई सुरक्षा दिन एसपीको कमान्डमा टोली खटाएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077