Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दुई विधेयक दफावार छलफलका लागि समितिमा

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त दुई विधेयक विधायन व्यवस्थापन समितिमा पठाएको छ ।

राष्ट्रियसभाको बैठकले ‘बीमा विधेयक, २०७५’ र ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६’ लाई दफावार छलफलका लागि समितिमा पठाएको हो ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माका तर्फबाट कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले उक्त विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

ती विधेयकलाई विधायन समितिमा पठाउने सम्बन्धी प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077