Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

ब्राउन सुगरसहित तीनजना पक्राउ

झापा । भद्रपुर र बिर्तामोडबाट लागुऔषध ब्राउन सुगरसहित प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । अस्थायी प्रहरी पोस्टले भद्रपुर( ५ स्थित मेची पुलबाट दुई जनालाई ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा ट्याम्पो चालक बिर्तामोड नगरपालिका-२ निवासी ३६ वर्षीय लोकराज राजवंशी र ट्याम्पोमा सवार कनकाई नगरपालिका-८ निवासी २५ वर्षीय अजय राजवंशी रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेको मे १ ह ४७३४ नम्बरको ट्याम्पोलाई प्रहरीले सीमा नाकामै चेकजाँच गर्ने क्रममा ट्याम्पोभित्र लुकाई छिपाई राखिएको १ ग्राम ६१० मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो ।

ट्याम्पोसहित पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि प्रहरी कार्यालय झापा पठाएको छ ।

त्यस्तै लागु औषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-६ का २८ वर्षीय मोहन राजवंशीको कोठाबाट ५ ग्राम ब्राउन सुगर बरामद गरेको छ । उनीहरुमाथि थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077