Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नाबालिग बलात्कार गरेको आरोपमा सेनाका अमल्दार पक्राउ

बाग्लुङ । नाबालिगलाई बलात्कार गरेको आरोपमा प्रहरीले गोरखाबाट नेपाली सेनाका अमल्दारलाई पक्राउ गरेको छ ।

बाग्लुङ गल्कोट–११ घर भएर सेनाको सडक निर्माण कार्यदलमा कार्यरत अमल्दार मनबहादुर रानालाई पक्राउ गरिएको हो ।

रानामाथि चुमनुब्री–३ स्थित सिर्दिबासमा तरकारी टिप्न गएकी १४ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोप छ ।

उनलाई भदौ २५ मा पक्राउ गरिएको जिल्ल प्रहरी कार्यालय बाग्लुङले जनाएको छ । अरोपीमाथि जबर्जस्ती करणी मुद्दामा म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077