Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेता बदनाम गराउन अन्तर्राष्ट्रिय मिसन लाग्यो : महेश बस्नेत

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद महेश बस्नेतले सामाजिक सञ्जालमार्फत नेता तथा कार्यकर्ताको बदनाम गर्न अन्तर्राष्ट्रिय मिसन लागि परेको बताउँदै उनीहरूलाई सरकारले कारबाही गर्नुपर्ने माग गरेका छन् ।

आज (बुधबार) को प्रतिनिधि सभाको शून्य समयमा बोल्दै बस्नेतले सूचना प्रविधि ऐनलाई व्यवस्थित गर्दै यस्ता शक्तिहरूलाई कारबाही गर्न सरकार लाग्नुपर्ने धारणा राखेका हुन् ।

उनले भने, ‘केही बौद्धिक अराजकतावादी शक्तिहरू, केही अभियन्ताहरु केही स्वतन्त्रकर्मीहरू, केही सञ्चारकर्मीहरू केही जनप्रतिनिधिहरू साइबर क्राइमलाई आकर्षित हुने गरी वायर रुम सञ्चालन गर्दै सोसल मिडियालाई दुरुपयोग गर्दै सिस्टमलाई बिथोल्ने, पार्टी व्यवस्थालाई बिथोल्ने, नेता कार्यकर्तालाई बदनाम गराउने गतिविधि गरिरहेका छन् हाम्रो संस्कारलाई समाप्त गर्ने गतिविधिहरू गरिरहेका छन् । त्यस्ता तत्त्वहरू अन्तर्राष्ट्रिय मिसनबाट परिचालित छन् भन्ने मेरो निष्कर्ष हो ।’

उनले सामाजिक सञ्जालमार्फत नेता-कार्यकर्तालाई बदनाम गर्ने गरेको उल्लेख गर्दै यस्तो कार्य रोक्न सरकारसँग माग गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077