Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

माधव नेपाल भन्छन् - पार्टीबाट टिकट नपाउनेहरू बेहोस होलान् भन्ने चिन्ता छ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा टिकट व्यवस्थापन गर्न पार्टीभित्र गाह्रो भइरहेको बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित पार्टीनिकट समाजवादी सहकारी संगठन, नेपालको घोषणा कार्यक्रममा बोल्दै उनले टिकट व्यवस्थापन गर्न पार्टीलाई समस्या भइरहेको बताएका हुन्।

उठेर दुई कदम पनि हिँड्न नसक्ने बुढाहरूले समेत टिकटको आकांक्षा चर्को रूपमा राखेको गुनासो गरे। ती आकांक्षीहरूमा टिकट नपाउने हो भने बेहोस् हुने होकि भन्ने आफूलाई लागेको बताए।

उनले भने ‘अब मंसिर ४ गते चुनाव हुन गइरहेको छ। सबैलाई टिकट चाहिएकोछ। अब टिकट नपाउने हो भने कता फेन्ट हुने हो थाहा छैन।’

उनले पार्टीका नेता, कार्यकर्ताहरूलाई कुनै व्यवसाय वा रोजगारीमा जोडिन पनि पटकपटक सचेत गराए। त्यसका लागि सहकारीको अवधारणा सबैभन्दा उपयुक्त रहेको उनको भनाइ छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077