Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

दुई कदम पनि हिँड्न नसक्ने वृद्धले टिकट मागेर हैरान बनाए : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दुई कदम पनि हिँड्न नसक्ने वृद्धले समेत टिकट मागेर हैरान बनाएको बताएका छन् ।

बुधबार काठमाडौँमा आयोजित पार्टी निकट समाजवादी सहकारी संगठन, नेपालको घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

नेपालले भने, ‘उठेर दुई कदम हिँड्न सक्दैन विचरा वृद्ध भइसक्यो। तैपनि मर्ने बेलामा एकचोटी त पाउँ, अरु केही भएन भने नाम भएपनि त्यहाँ टाँसिन पाउँ।

के होला, कस्तो गाह्रो ?’ ती आकांक्षीहरुले टिकट नपाउने हो भने बेहोस् हुने हो की भन्ने आफूलाई चिन्ता लागेको छ।’

उनले ती आकांक्षीमा टिकट नपाउँदा बेहोस हुने हो कि भन्ने चिन्ता आफूलाई लागेको पनि बताए

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077