Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बहराइनसँग नेपालको लज्जास्पद हार, छनोटबाट बाहिरियो

काठमाडौं । नेपाली युवा टोलीले बहराइनमा जारी एएफसी यू–२० एसियन कप छनोटमा लज्जास्पद हार व्यहोरेको छ।

शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा बुधबार राति नेपाल घरेलु टोली बहराइनसँग ६–० ले गोल अन्तरले पराजित भएको हो।

बहराइनको जितमा अब्दुल्ला अली अल्सुबाईले दुई तथा कप्तान अब्दुल्लाह सुल्तान अल्खालासी, सायद अली नसिर, अब्दुलरहमान गडबन र मुबारक मोहमद हाबिबले समान एक गोल गरे। यस जितसँगै समूह ुबीु को बहराइनले पहिलो जित निकालेको छ।

बहराइनले २ खेलमा ४ अंक जोडेको छ। नेपाल अंकविहीन रहँदै तालिकाको पुछारमा छ। साथै नेपाल प्रतियोगिताबाट समेत बाहिरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077