Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

निर्वाचनमा खटिने पर्यवेक्षकका लागि दुई दिने प्रशिक्षण

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा खटिने पर्यवेक्षकका लागि नुवाकोटमा दुई दिने प्रशिक्षण कार्यक्रम बिहीबारदेखि सुरु भएको छ।

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)को आयोजनामा आगामी मंसिर ४ गते हुने  निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण तरिकाले सम्पन्न गराउनका लागि पर्यवेक्षणमा खटिएका पर्यवेक्षकका लागि प्रशिक्षण सुरु गरिएको हो।

उक्त प्रशिक्षणमा ७७ जिल्लाका संयोजक तथा सातै प्रदेशका संयोजकको सहभागिता रहेको छ।

प्रशिक्षणमा एनडीआई नेपालका कन्ट्री डाइरेक्टर बेबोरा हेलिले नेपालमा हुने निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गर्नका लागि नियोक विश्वसनिय संस्था रहेको दाबी गरे।

यस्तै पूर्व निर्वाचन आयुक्त एव् नियोकका निवर्तमान अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न नियोकको भूमिका महत्वपूर्ण रहेको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077