Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीद्वारा वेलायतका राजा चार्ल्सलाई बधाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संयुक्त अधिराज्य वेलायतका नयाँ राजा चार्ल्सलाई बधाई सन्देश पठाएका छन् ।

सन्देशमा अध्यक्ष ओलीले राजा चार्ल्सको कार्यकाल सफलताको शुभकामना व्यक्त गरेको एमाले प्रचार विभागले जनाएको छ ।

नेपालको सबैभन्दा पुरानो मित्रराष्ट्र वेलायतसँगको सुमधुर सम्बन्ध राजा चार्ल्सको कार्यकालमा अझ सुदृढ हुने ओलीको विश्वास छ । सन्देशमा ओलीले महारानी एलिजावेथ द्वितीयाको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै गहिरो समवेदना व्यक्त गरेका थिए ।

उपाध्यक्ष सुवास नेम्वाङले आज नेपालस्थित वेलायती राजदूतावासमा पुगी अध्यक्ष ओलीको सन्देश नेपालका लागि वेलायतका राजदूत निकोला पोलिटलाई हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077