Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

प्रहरी हौं भन्दै ३० लाख लुटपाट, तीन जना पक्राउ

काठमाडौं । प्रहरी भन्दै लुटपाट गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले लुटपाटमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भोजपुरको रामप्रसाद राई गाउँपालिका-१ का २९ वर्षीय योगेन्द्र तामाङ, सिन्धुलीको मरिण गाउँपालिका-३ का ३० वर्षीय देव लामा र रामेछापको सुनापती गाउँपालिका-१ का २० वर्षीय मिनबहादुर तितुङ (रोहित) छन् ।

भदौ २२ गते साँझ ७ बजेतिर ठमेलमा सञ्चालित ओरियन्टल मनि एक्सचेन्ज बन्द गरी कोठा जाने क्रममा म्हैपी पानी ट्यांकीनजिकै पुग्दा तीन वटा मोटरसाइकलमा आएका पाँच जना व्यक्तिले ३० लाख रकम लुटपाट गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो ।आफू

हरु प्रहरी भएको बताउँदै उनीहरुले जबरजस्ती मोटरसाइकलमा राखी म्हैपी, सोह्रखुट्टे, खुसिबु हुँदै शोभा भगवतीको पलमुनि पुर्‍याएर हातपात गर्दै ३० लाख २३ हजार २०८ रुपैयाँ, आइफोन मोबाइल, लाइसेन्स र ब्लु बुक भएको झोला लुटपाट गरेका थिए ।

लुटपाट भएको भन्दै जाहेरी आएपछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले उनीहरुलाई हिजो बुधबार कपनबाट पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई अपहरण, डाँका तथा चोरीको कसुरमा अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077