Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

परपुरुषसँगको सम्बन्ध लुकाउन श्रीमानको विभत्स हत्या, दुईजना पक्राउ

रूपन्देही । रूपन्देहीको तिलोत्तमा परपुरूषसँग अवैध सम्बन्ध गाँसेर महिलाले आफ्ना श्रीमानको हत्या गरेको खुलासा भएको छ । जिल्लाको तिलोत्तमा–१५ मा ३९ वर्षीया ग्रिजादेवी थारूले ४२ वर्षका जगदीश चौधरीको हत्या गरेकी हुन् ।

थारूले मंगलवार राति आफ्नो घरमै सुतिरहेको अवस्थामा फलामको धारिलो हतियारले घाँटी तथा शरीरका विभिन्न भागमा प्रहार गरी जगदीशको हत्या गरेको अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय, बुटवलले जनाएको छ ।

थारूको छिमेकी ५२ वर्षका फूलचन्द्र बानियाँसँग अवैध सम्बन्ध रहेको श्रीमानले थाहा पाएपछि पटक–पटक झगडा हुने गरेको थियो ।

जगदीशको हत्या गर्न बानियाँले पनि सघाएको भन्दै प्रहरीले उनलाई पनि पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077