Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

धनुषामा छोराद्वारा आमाको हत्या, एक जना पक्राउ

धनुषा । धनुषामा आमाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सबैला नगरपालिका–५ मखनाहा बस्ने २१ वर्षीय मनोज खत्वेलाई आमाको हत्या गरेको आरोपमा प्रहरीले शुक्रबार बिहान पक्राउ गरेको हो ।

उनले आफ्नै आमा ३६ वर्षीया सिकिलिया देवी खत्वेको हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मनोजले घरायसी विवादमा आमाको टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

हत्याको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077