Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

चार ग्राम ब्राउनसुगरसहित बाँकेबाट चौधरी पक्राउ

बाँके । प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

प्रकाउ पर्नेमा खुजुरा गाउँपालिका-४ एल गाउँका २९ वर्षीय आशिष चौधरी रहेकका छन्।

उनी चार ग्राम पाँच सय मिलिग्राम ब्राउनसुगरसहित बिहीबार पक्राउ परेका हुन्।

भारतबाट नेपालतर्फ पैदल हिँडेर आइरहेका चौधरीलाई आशंका लागेर चेक गर्दा पाँच वटा सानो पोकामा ब्राउनसुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

थप अनुसन्धानका लागि म्याद थप्न जिल्ला अदालतमा लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077