Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

साफ महिला च्याम्पियनसिप : भुटानलाई ८ गोलले पराजित गर्दै बंगलादेश फाइनलमा

काठमाडौं । भुटानलाई ८-० को फराकिलो अन्तरले हराउँदै बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ । बंगलादेश २०१६ पछि पहिलो पटक फाइनल प्रवेश गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पहिलो हाफमा ४-० को अग्रता लिएको बंगलादेशले दोस्रो हाफमा ४ गोल थप्दै भुटानमाथि फराकिलो जित दर्ता गरेको हो ।

बंगलादेशलाई फाइनल पुर्‍याउन कप्तान सबिना खातुनले प्रतियोगिताको दोस्रो ह्याट्रिक गरिन् ।

बंगलादेशसँगको यो हारसँगै पहिलो पटक सेमिफाइनल पुगेको भुटान सेमिफाइनलबाटै बाहिरिएको छ । दशरथ रंगशालामा हुने दोश्रो सेमिफाइनलमा साँझ ५:३० बजे नेपालले भारतसित खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077