Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • थापागाउँ क्षेत्रका अनधिकृत संरचनामाथि महानगरले चलायो डोजर

    थापागाउँ क्षेत्रका अनधिकृत संरचनामाथि महानगरले चलायो डोजर

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ भाद्र २०७९
  • 540
    SHARES

    काठमाडौं । थापागाउँ क्षेत्रमा सडक मिचेर बनाइएका घर टहरामा पनि काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।

    ६ मिटर बाटो रहेको थापागाउँ क्षेत्रको गल्ली मिचेर बनाइएका ती संरचनामाथि डोजर चलेको हो ।



    त्यस क्षेत्रमा बनेका तीन वटा पक्की घरले मिचेको भाग डोजर लगाएर हटाएको महानगरले जानकारी दिएको छ।



    सडक सीमा मिचेर बनेका संरचना र पसल हटाउन महानगरपालिकाले डोजर चलाएको हो । आजै मात्रै महानगरपालिकाले नयाँबानेश्वर क्षेत्रका अनधिकृत संरचना हटाउन डोजर चलाएको हो ।

    मेयर बालेन शाहको निर्देशनमा सडक सीमा मिचेर बनेका संरचना र पसल हटाउन महानगरपालिकाले डोजर चलाउने अभियान नै थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार