Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • कार्यालय परिसरबाटै ग्रेडर र ट्रयाक्टरको ब्याट्री चोरी भएपछि…

    कार्यालय परिसरबाटै ग्रेडर र ट्रयाक्टरको ब्याट्री चोरी भएपछि…

    अनलाइन नेपाल
  • सोमबार, १९ मंसिर २०७९
  • 525
    SHARES

    बारा । कलैया उपमहानगरपालिकाको ग्रेडर र ट्रयाक्टरको ब्याट्री चोरी भएको छ ।  सिंचाइ कार्यालय परिसरबाट आइतबार रातिको समयमा पार्किङ गरेर राखिएको एउटा ग्रेडर र ५ वटा ट्रयाक्टरको ब्याट्री चोरी भएको हो ।

    ग्रेडरको १५० एम्पीयरको दुईवटा र ट्याक्टरको सय एम्पियरको पाँच वटा ब्याट्री चोरी भएको हो । उपमहानगरपालिकाले पछिल्लो एक महिनादेखि कलैया ५ स्थित सिंचाइ कार्यालय परिसरमा गाडी राख्दै आएको थियो ।



    कलैया उपमहानगरपालिकाले लगभग ३ लाखको हाराहारीमा पर्ने ब्याट्री चोरी भएको जनाएको छ । सिंचाइ कार्यालयको उक्त भवनमा कलैयास्थित अस्थायी ट्राफिक पोष्टमा कार्यरत ७ जना ट्राफिक प्रहरी र कलैया उपमहानगरपालिकाका ४ जना कर्मचारीहरू बस्दै आएका थिए ।



    ट्राफिक प्रहरी र कर्मचारी बस्दै आएको कार्यालय परिसरबाट ब्याट्री चोरी भएको हो । जिल्ला प्रहरी कार्यालय बाराकाले ब्याट्री चोरी भएको घटनाको सम्बन्धमा अनुसन्धान सुरु गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार