Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अनैतिक सम्बन्ध लुकाउन जेठाजुले गरे बुहारीको हत्या, तीनजना पक्राउ

धनुषा । अवैध सम्बन्धन लुकाउन आफ्नै भाइबुहारीको हत्या आरोपमा जेठाजुसहित तीन जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले शुक्रवार दिउँसो पत्रकार सम्मेलन गरेर जिल्लाको शहीदनगर नगपालिका–३ यदुकोह बस्ने अरुण दासकी २८ वर्षीया श्रीमती बबितियादेवि दासको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका उनका जेठाजु विरेन्द्र दाससहित तीन जनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा सोही ठाउँका ३० वर्षीय वीरेन्द्र दास (मृतक महिलाका जेठाजु), वीरेन्द्रका काका १९ वर्षीय उमेश दास र सालो १९ वर्षीय शत्रुद्यन दास छन् ।

बबितियाका श्रीमान वैदेशिक रोजगारमा मलेसियामा रहेको अवस्थामा जेठाजु दासले आफ्नै भाइ बुहारी बबितियासँग अनैतिक सम्बन्ध बनाएको प्रहरीको दाबी छ ।

इज्जत जाने डरले दासले आफ्ना सालो शहीदनगर नगरपालिका–७ बस्ने १९ वर्षीय उमेश दास र नातामा काका पर्ने १९ वर्षीय सत्रुधन दासलाई प्रयोग गरी बबितियाको हत्या गराएको अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए ।

बबितियालाई घरमै सुतिरहेको अवस्थामा तीनै जनाले मिलेर घाँटी कसेर मारेका देखिएको उनले बताए । बबितियाको हत्या पश्चात शवलाई खाटमुनि लुकाइ कोठामा तीनै जना मेला हेर्न गएको र राति १२ बजेतिर आएर शवलाई बाँसघारीमा फालेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077