Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बुटवलको होटलबाट पेस्तोल र गोलीसहित एकजना पक्राउ

रुपन्देही । बुटवलबाट पेस्तोलसहित एक जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार बागलुङ दगातुन्डाडा घर भई बुटवल-८ मा बस्ने ३३ वर्षीय शन्तोस सलामीलाई प्रहरीले पक्राउ गरेको हो ।

बुटवल उपमहानगरपालिका-९ इँटाभट्टामा रहेको होटल नमोबुद्धबाट सलामीलाई पक्राउ गरिएको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

सलामीले शरीरमा लुकाएर राखेको अवस्थामा काठको बिँड भएको पेस्तोल बरामद गरिएको उनले बताए । यस्तै सलामीको साथबाट तीन थान गोली समेत बरामद गरिएको छ ।

उनीमाथि जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गरी आवश्यक अनुसन्धान सुरू गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077