Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चीनको एउटा ४२ तले गगनचुम्बी भवनमा आगलागी

एजेन्सी । चीनको एउटा गगनचुम्बी भवनमा आगलागी भएको छ । चाङ्गसा सहरस्थित चाइना टेलिकमको क्षेत्रीय कार्यालय रहेको ४२ तले भवनमा भीषण आगलागी भएको हो ।

सामाजिक सञ्जालमा राखिएको भिडियो फुटेजमा भवनबाट आगोका लप्काहरू निस्किरहेको र कर्मचारीहरू हतारिँदै भवनबाट निस्किरहेको देखिन्छ ।

स्थानीय प्रशासनले आगो नियन्त्रणमा लिइसकेको बताएको छ । मानवीय क्षतिबारे भने अहिलेसम्म कुनै खबर प्राप्त भएको छैन ।

सामाजिक सञ्जालमा राखिएका तस्बिरहरूमा अग्नि नियन्त्रकहरूले ७१५ फिट अग्लो भवनमा आगो निभाउन पानीको फोहरा फालिरहेका देखिन्छन् । आगलागीको कारण अझै खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077