Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • महाअभियोग सिफारिस समितिको बैठक बस्दै, प्रतिवेदन बुझाउने तयारी

    महाअभियोग सिफारिस समितिको बैठक बस्दै, प्रतिवेदन बुझाउने तयारी

    अनलाइन नेपाल
  • शनिबार, १ असोज २०७९
  • 726
    SHARES

    काठमाडौं । महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दैछ ।

    आजको बैठकले प्रतिवेदनको सम्बन्धमा निर्णय गर्ने महाअभियोग सिफारिस समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमले जानकारी दिए ।



    समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग बयान लिएर तयार पारिएको प्रतिवेदन आज बुझाउँदै छ ।
    संसद् शनिबार राति १२ बजे सकिने भएकाले समितिले शनिबार नै संसद्‍मा प्रतिवेदन बुझाउने तयारी गरेको हो ।



    शुक्रबार राणालाई पहिलाकै प्रश्नमा केही अस्पष्ट विषयहरु सोधेर प्रतिवेदनलाई अन्तिम रुप दिएको र शनिबार बुझाउने तयारी गरिएको बताइएको छ ।

    राणाविरुद्ध गत फागुन १ गते प्रतिनिधि सभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार