Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • महाअभियोग समितिमा सात जना वकिलको बयान सकियो, चोलेन्द्रसँग पुरक प्रश्न शुक्रबार सोधिने

    महाअभियोग समितिमा सात जना वकिलको बयान सकियो, चोलेन्द्रसँग पुरक प्रश्न शुक्रबार सोधिने

    अनलाइन नेपाल
  • बिहिबार, ३० भाद्र २०७९
  • 735
    SHARES

    काठमाडौं । महाअभियोग सिफारिस समितिले वरिष्ठ अधिवक्ताहरूसँग बयान लिएको छ ।

    बिहीवार समितिले वरिष्ठ अधिवक्ताहरू चण्डेश्वर श्रेष्ठ, शम्भु थापा, ओमप्रकाश अर्याल, पूर्णमान शाक्य लगायतसँग बयान लिएको हो ।



    महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नाम लिएका वरिष्ठ अधिवक्ताहरूसँग आज बयान लिएको हो ।



    बैठकमा आएर अधिवक्ताहरु प्रधानन्यायाधीश जबराले लगाएका आरोपको बयान दिएको समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमले जानकारी दिए ।

    उनले शुक्रवार बस्ने बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई पनि पूरक प्रश्नका लागि बोलाउने निर्णय भएको पनि बताए । उनले अहिले समितिले प्रतिवेदन लेख्ने काम गरिरहेको र प्रतिवेदनको बारेमा भोलिको बैठकले निर्णय गर्ने दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार