Online Nepal
  • आइतबार, १३ जेष्ठ २०८१
  • जबराले नाम लिएका बार पदाधिकारी र अधिवक्तालाई बिहीबार समितिमा बोलाइने

    जबराले नाम लिएका बार पदाधिकारी र अधिवक्तालाई बिहीबार समितिमा बोलाइने

    अनलाइन नेपाल
  • बुधबार, २९ भाद्र २०७९
  • 693
    SHARES

    काठमाडौँ । महाअभियोग सिफारिस समितिले बार पदाधिकारी, अधिवक्ता र पूर्वप्रधान न्यायाधीशहरूलाई समितिमा बोलाउने भएको छ ।

    बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बयानका क्रममा नाम लिएका पूर्वप्रधान न्यायाधीश, बार पदाधिकारी र न्यायाधीशहरूलाई बोलाउने निर्णय गरेको महाअभियोग सिफारिस समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमले जानकारी दिए ।



    समितिले अहिले को–कसलाई बोलाउने भनेर नाम संकलन गरिरहेको उनले बताए । बिहीबार बस्ने समितिको बैठकमा विभिन्न समयमा अधिवक्ता, बार पदाधिकारी र पूर्व प्रधानन्यायाधीशहरूलाई बोलाउने समय निर्धारण गर्ने उनको भनाइ छ ।



    प्रधानन्यायाधीश जबराले न्यायाधीश, पूर्वप्रधान न्यायाधीश, नेपाल बार, सर्वोच्च बार, वरिष्ठ अधिवक्ता र अधिवक्ताहरूको नाम लिएका थिए । उनीहरू सबैलाई बोलाउन पत्राचार गर्ने निर्णय बैठकले गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार