Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

ओलीलाई झलनाथको जवाफ- धरहरा त भीमसेन थापाले बनाए होला नि

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले केपी ओली नेतृत्वको सरकारले सम्झिरहने के काम गरे भन्दै प्रश्न गरेका छन्।

संसदको अन्तिम बैठकमा शनिबार बोल्दै उनले नेकपा एमाले अध्यक्ष ओलीलाई प्रश्न गरेका हुन्।

उनले भने, ‘खड्गप्रसाद ओलीले गरेको कुन चाहिँ काम कालजयी भयो ? सधैभरि नेपाली जनताले सम्झने के काम भयो ?’, खनालले प्रश्न गरे, ‘धरहरा ठड्याएँ, रानी पोखरी बनाएँ भन्ने ?

रानीपोखरी प्रताप मल्लले बनाएका होइनन् ? धरहरा भीमसेन थापाले बनाएका होइनन् ? ठड्याउनेको नाम हुन्छ कि मर्मत गर्नेको नाम हुन्छ ? यो सबैलाई जानकारी भएकै होला ?’

उनले केपी ओलीले पार्टीमा सल्लाह बिनै पार्टी चलाएको आरोप लगाए। त्यसैले होला ४१ महिनामात्रै सरकार चलाउन पाएको उनले बताए।

'प्रचण्डले एक खेमाको नेतृत्व गर्नुभएको थियो। त्यहाँ छलफल भयो होला। तर खड्गप्रसाद ओलीले केही पनि सल्लाह गरेनन्। अँह हामीसँग केही सल्लाह भएन। त्यसैले त ५ वर्ष म्यान्डेड पाएको सरकार ४१ महिनामात्र चल्यो। त्यो पनि ढुलमुल ढुलमुल गरेर चल्यो,' उनको आरोप थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077