Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नागरिकलाई राज्यविहीन बनाइनु हुँदैन : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले फास्ट ट्र्याकबाट संविधान ल्याइनु गलत भएको बताएका छन्।

उनले दुनियाँमा कहीँ पनि फास्ट ट्र्याकबाट संविधान नबन्ने गरेको बताए। उनले 'संविधानले नै नागरिकलाई राज्यविहीन बनाइनु हुँदैन भन्ने उल्लेख छ।

तर हाम्रो त के भइरहेको छ? नागरिकता विधेयक के भइरहेको छ? नागरिकलाई अनागरिक बनाउनुजस्तो ठूलो अपराध केही हुँदैन'

उनले संविधानमै कुनै पनि नागरिकलाई राज्यविहीन बनाउनु हुँदैन भन्ने उल्लेख भए पनि नेपालमा अनागरिक बनाउने काम भइरहेको बताए।

उनले केपी ओली नेतृत्वकै सरकारले ल्याएको अध्यादेशलाई एक अक्षर नचलाई संसदबाट पारित भइसक्दा पनि राष्ट्रपतिले प्रमाणित नगर्नु दुःखद भएको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077