Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

ताइवानमा शक्तिशाली भूकम्प

एजेन्सी । दक्षिणपूर्वी ताइवानमा शनिबार साँझ शक्तिशाली भूकम्प गएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) का अनुसार ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो । युएसजीएसका अनुसार भूकम्पको केन्द्रबिन्दु ताइवानको युजिङबाट ९१ किलोमिटर पूर्वमा छ।

ताइवान मौसम विभागका अनुसार भूकम्पको केन्द्रविन्दु सतहबाट ७.३ किलोमिटर गहिराइमा थियो।

ताइवानभर भूकम्पको धक्का महसुस गरिएको थियो। राजधानी ताइपेईमा केही समय भवनहरू हल्लिएका थिए।

विभागका अनुसार भूकम्पको केन्द्रबिन्दु रहेको क्षेत्रमा थोरै जनसङ्ख्या रहेको क्षेत्र हो। रोयटर्सका अनुसार भूकम्प गए पनि ताइवानको पूर्वी तटमा बिजुली आपूर्तिमा कुनै अवरोध भएको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077