Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

इंग्लिस प्रिमियर लिग : टोटनहमको जितमा ह्वेङ–मिनको ह्याट्रिक

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा टोटेनहम हट्सपरले लेस्टर सिटीमाथि ६-२ को फराकिलो जित हात पारेको छ ।

घरेलु मैदानमा टोटेनहमलाई सानदार जित दिलाउन ह्युङ मिन सनले ह्याट्रिक गरे । ह्यारी केन, एरिक डाएर र रोड्रीगो बेन्टान्कुरले थप १-१ गोल गरेका थिए।

लेस्टरका लागि युरी टिलेमान्स र जेम्स म्याडीसनले १-१ गोल गरेका थिए। यो जितसँगै ७ खेलबाट १७ अंक जोडेको टोटेनहमले शीर्ष स्थानमा रहेको म्यान्चेष्टर सिटीसँग अंक बराबरी गरेको छ।

समान खेलबाट समान अंक रहेको सिटी गोल अन्तरमा अगाडि छ। एक खेल कम खेलेको आर्सनल १५ अंकसहित तेस्रो स्थानमा झरेको छ। पराजित लेस्टर भने ७ खेलमा १ बराबरीसँगै १ अंकसाथ पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077