Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कामु प्रधानन्यायाधीश कार्कीले भने – राणाले निलम्बन फुकुवाको पत्र ल्याए म नै स्वागतका लागि सर्वोच्चको गेटमा जान्छु

    कामु प्रधानन्यायाधीश कार्कीले भने – राणाले निलम्बन फुकुवाको पत्र ल्याए म नै स्वागतका लागि सर्वोच्चको गेटमा जान्छु

    अनलाइन नेपाल
  • आइतबार, २ असोज २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश दीपक कार्कीले चोलेन्द्र शमशेर जबरा निलम्बन फुकुवाको पत्र लिएर आएमा स्वागतका लागि आफू नै सर्वोच्चको गेटमा जाने बताएका छन् ।

    सर्वोच्च प्रशासन र सुरक्षाकर्मीलाई उनले निलम्बन फुकुवाको पत्र लिएर आएमात्र अदालत छिर्न दिन निर्देशन दिएका हुन् । प्रतिनिधि सभाको कार्यकाल सकिएलगत्तै चोलेन्द्रले आइतवार सर्वोच्च फर्किने तयारी गरेका थिए ।



    चोलेन्द्रलाई रोक्न भन्दै सर्वोच्च बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यको नेतृत्वमा वकिलहरूले सर्वोच्च अदालत परिसरमा धर्ना समेत दिएका थिए।



    सत्तारुढ दलले महाभियोग प्रस्ताव दर्ता गरेपछि फागुन १ देखि चोलेन्द्र निलम्बित अवस्थामा छन् ।

    प्रतिनिधि सभाको महाभियोग सिफारिश समितिले चोलेन्द्रलाई महाभियोग लगाउनुपर्ने सुझावसहितको प्रतिवेदन हिजो सभामुखलाई बुझाएको थियो । प्रतिवेदनमा चोलेन्द्रबारे थप छानबिन गर्न अर्को प्रतिनिधिसभामा पठाउन प्रस्ताव गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार