Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कामुबाटै अवकाश हुँदै प्रधानन्यायाधीश कार्की, विदाइ कार्यक्रम ३ बजे

    कामुबाटै अवकाश हुँदै प्रधानन्यायाधीश कार्की, विदाइ कार्यक्रम ३ बजे

    अनलाइन नेपाल
  • आइतबार, ९ असोज २०७९
  • 717
    SHARES

    काठमाडौँ । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आजदेखि अवकाश लिदैछन् ।

    उमेरहदका कारण असोज १६ गते अनिवार्य अवकाश पाउन लागेका कार्कीलाई आज सर्वोच्च अदालतमा औपचारिक कार्यक्रम गरी विदाइ गरिने सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।



    कार्कीलाई आज तीन बजे विदाइ कार्यक्रमको आयोजना गरिएको उनले बताए ।



    भोलिदेखि सर्वोच्च अदालत बन्द हुने भएका कारण आज दिउँसो तीन बजे उनको बिदाई गरिने सर्वोच्च अदालतले जानकारी दिएको छ।

    गत फागुन १ देखि कार्कीले कायममुकायम प्रधानन्यायाधीशको रुपमा काम गर्दै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार