Jul 11 2026 | २०८३, आषाढ २७ गते

11 Jul 2026 | शनिवार, आषाढ २७ गते २०८३

शनिवार, आषाढ २७ गते २०८३
images
images

पहिरोले बेनी-मालढुंगा सडकखण्ड अवरुद्ध

पर्वत । केही दिन देखिको लगातार परिरहेको वर्षाका कारण पहिरो जाँदा पर्वतको मालढुंगा देखि म्याग्दीको बेनी जोड्ने मालढुंगा–बेनी सडक अवरुद्ध बनेको छ ।

पर्वतको जलजला गाउँपालिका वडा नं. ८ ज्यामिरेमा सडक माथिबाट आएको ठुलो पहिरोले दिउँसो साढे २ बजेदेखि अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार अहिले स्काभेटर प्रहरी र स्थानीयवासी मिलेर सडक खुलाउने प्रयास भैरहेको भएपनि साँझसम्म लाग्ने जनाएको छ ।

सडक अवरुद्ध हुँदा म्याग्दी र मुस्ताङबाट विभिन्न जिल्लाका लागि छुटेका सवारीसाधनहरु मिलनचोकमा र अन्यत्रबाट ती दुई जिल्लाका लागि गएका सवारीसाधन फर्सेमा अलपत्र बनेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077