Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

चोलेन्द्रशमशेरले सफाइ पाइसके, सेना पुलिस छ भन्दैमा घर घेर्न पाइन्छ ? : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको निवास प्रहरीले घेरेर तमासा देखाएको आरोप लगाएका छन् ।

पार्टी कार्यालय च्यासलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै ओलीले सरकारले सत्ताको दुरुपयोग गर्दै कानुनको उपहास गरेको आरोप लगाएका हुन् ।

उनले तीन महिनाभित्र टुंग्याउनुपर्ने प्रश्नमा सात महिना अनियन्त्रित गरेर अहिले निवास घेरेर तमासा देखाएको बताए । प्रतिनिधिसभा निष्क्रिय भएसँगै आफूविरूद्धको महाअभियोग पनि निष्क्रिय भएको तर्क गर्दै राणाले सर्वोच्च जाने प्रयास गरेका थिए।

राणाको प्रयासपछि प्रधानन्यायाधीशको सरकारी निवास वालुवाटार र सर्वोच्च अदालतमा परिसरमा बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो।

एमाले अध्यक्ष ओलीले सर्वोच्च अदालतमाथि लगातार गोलाबारी हानिएको आरोप लगाए । ओलीले भने, 'संसदको कार्यकाल सकियो। महाभियोग पारित भएन। पारित भएन भनेपछि त कुरा सिध्धियो। त्यसमा सत्तापक्षले प्रक्रिया अघि नबढाएर सफाइ दियो। सेना, प्रहरी हातमा छ भनेर जे गरेपनि हुन्छ। मान्छेको घर घेर्ने नजरबन्द बनाउने, यस्तो तमासा।'

सत्ता गठबन्धनले शक्तिपृथकीकरणको सिद्धान्तविपरीतका काम गरेर न्यायालय र संवैधानिक निकायलाई ध्वस्त बनाउने काम गरेको ओलीको आरोप छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077