Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

समानुपातिक बन्दसूची बुझाउने समय आज सकिँदै, प्रमुख दल आयोग जाँदै

काठमाडौं । आगामी प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि अधिकांश राजनीतिक दलले समानुपातिक निर्वाचन तर्फको बन्दसूची आज बुझाउँदैछन् ।

निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार असोज २ गते आइतवार र ३ गते सोमवार गरी दुई दिनभित्र बन्दसूची बुझाउन समय तोकेको छ ।

सोही कार्यसूचीअन्तर्गत आइतवार प्रतिनिधि सभा सदस्यतर्फ २ वा दलले मात्रै बन्दसूची पेस गरेका छन् । ठूला राजनीतिक दलहरूले समेत आजै समानुपातिक तर्फको बन्दसूची आयोगलाई बुझाउँदैछन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, राप्रपा लगायतका दलहरुले सोमबार नै आयोग पुगेर बन्दसूची पेश गर्ने बताएका थिए।

आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिनका लागि दलहरूबाट निवेदन आह्वान गर्दा प्रतिनिधि सभाका लागि ७६ वटा दलबाट ६८ निवेदन परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077