Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

समानुपातिक उम्मेदवार टुंग्याउन चार दिनदेखि छलफलमा कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि समानुपातिकतर्फ उम्मेदवारको सूची (आज ) सोमबार टुंग्याउँदैछ ।

उम्मेदवारको सूची तयार गरेर सोमबारै निर्वाचन आयोगमा बुझाउने तयारी छ । नेताहरु संसदीय समितिमा उम्मेदवार छान्न चार दिनदेखि छलफलमा छन् ।

बालुवाटारमा आज पनि छलफल चलिरहेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बसिरहेको बैठकमा दिउँसो १ बजेसम्म नामहरुमा सहमति जुट्न सकेको छैन । बैठकमा सहभागी एक नेताका अनुसार सात प्रदेशको छुट्टाछुट्टै बैठक बसिरहेको छ ।

केन्द्रीय संसदीय समितिमा छलफल गरेर समानुपातिक उम्मेदवारको सूची आजै दिउँसो केन्द्रीय कार्यसम्पादन समिति बैठक गरी पारित गरेर निर्वाचन आयोगमा पेश गर्ने तयारी छ।

प्रतिनिधि सभातर्फ ११० र प्रदेश सभातर्फ २२० उम्मेदवार छनौट गर्नुपर्ने हुन्छ। दलहरुले समानुपातिक तर्फको नाम समावेशीताका आधारमा बुझाउनुपर्दछ ।

बन्द सूचीमा महिलाको संख्या ५० प्रतिशत अनिवार्य गरिएको छ ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि निर्वाचन आयोगले आइतबार र सोमबार समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची पेश गर्न दलहरूलाई समय दिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077