Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • ‘लौरो’ चुनाव चिन्ह खारेजीको माग राख्दै आयोगमा उजुरी

    ‘लौरो’ चुनाव चिन्ह खारेजीको माग राख्दै आयोगमा उजुरी

    अनलाइन नेपाल
  • सोमबार, ३ असोज २०७९
  • 966
    SHARES

    काठमाडौँ । लौरो चुनाव चिह्न खारेज गर्न माग गरिएको छ । दुई स्वतन्त्र उम्मेदवारले लौरो चुनाव चिह्न खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएका छन् ।

    लौरो चुनाव चिह्नको गलत प्रचार गरेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको हो । आयोगमा १८८ औँ नम्बरमा दर्ता भएको हाम्रो नेपाली पार्टीको चुनाव चिह्न लौरो छ ।



    तर, उक्त दलले सामाजिक सञ्जालमा आफ्नो पार्टीको नाम नराखेर ‘स्वतन्त्र अभियान लौरो’ भनेर प्रचार गरी भ्रम सिर्जना गरेको भन्दै स्वतन्त्र युवाहरूले आयोगमा उजुरी दिएका हुन् ।



    अयोगमा आइतबार सुनिल रिजाल र विजय कँडेलले हाम्रो नेपाली पार्टीविरुद्ध उजुरी दिएका हुन् ।

    उनीहरूले काठमाडौंबाट स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् ।

    आयोगले उक्त दललाई प्रष्टीकरण सोध्ने तयारी गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार