Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

साफ च्याम्पियनसिप फाइनल : बंगलादेशविरुद्ध नेपालको सुरुवाती टिमको घोषणा

काठमाडौं । साफ महिला च्याम्पियनसिपको फाइनलमा उपाधिका लागि बंगलादेशविरुद्धको नेपाली टिमको घोषणा भएको छ ।

भारतविरुद्धकै सुरुवाती ११ मा परेका खेलाडीले बंगलादेशविरुद्ध खेल्ने भएका छन् । दशरथ रंगशालामा केहीबेरपछि खेल सुरु हुँदैछ ।

नेपालको सुरुवाती ११ मा सावित्रा भण्डारी र मञ्जली कुमारी योञ्जन टिममा परेका छैनन् ।

बंगलादेशलाई पराजित गर्दै नेपाल उपाधि जित्ने लक्ष्यमा छ । बंगलादेश पनि घरेलु टिमलाई हराउँदै उपाधि आफ्नो पोल्टामा पार्ने दाउमा छ ।

बंगलादेशको यो दोस्रो फाइनल हो भने नेपालले यसअघि पनि चारपटक फाइनल खेलेको थियो ।

आजको खेलपछि नेपालकी पुनम जर्घामगर, दीपा राई र इन्दिरा राईले सन्यास लिनेछन् ।

नेपाली फुटबल टिम

गोलकिपर: एन्जिला तुम्बापो सुब्बा
डिफेन्डर: गीतार राना, पुनम जर्घामगर, अमृता जैशी, हिरा कुमारी भुजेल
मिडफिल्डर:अनिता केसी, प्रिति राई, अनिता बस्नेत, सरु लिम्बु, दीपा शाही
फरवार्ड: रश्मीकुमारी घिसिङ

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077