Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बंगलादेशले जित्यो महिला साफ च्याम्पियनसिपको उपाधि, नेपाल फेरि उपविजेतामा सीमित

काठमाण्डौ – छैटौँ संस्करणको साफ महिला च्याम्पियनसिप २०२२ को उपाधि बङ्ग्लादेशले जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपाललाई ३–१ ले पराजित गर्दै बगंलादेशले उपाधि उचालेको हो । दोस्रो पटक साफको फाइनल पुगेको बगंलादेशले उपाधि जितेको हो ।

यसअघिका चार संस्करण उपाधि नजिक पुगेर भारतसँग पराजित हुँदै उपविजेतामा सिमित नेपाली टोलीले यो पटक पनि त्यो छविलाई हटाउन सकेनन्।
बङ्ग्लादेशको जितमा स्याम सुन्हारले खेलको १४ औँ र श्रीमोती के। सरकारले ४२ र ७७ औँ मिनेटमा गोल गरिन् । नेपालका लागि अनिता बस्नेतले खेलको ७० औँ मिनेटमा सान्त्वना गोल गरिन् ।

साफ महिला च्याम्पियनसिपले यसपालि नयाँ विजेता पाएको हो । यसअघिका सबै संस्करण भारतले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077