Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

न्यूजिल्यान्डद्वारा विश्वकप खेल्ने टिम घोषणा

एजेन्सी । अस्ट्रेलिया विश्वकपमा लागि न्युजिल्यान्डले १५ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेको छ। न्युजिल्यान्डले केन विलियमसनको कप्तानीमा टी-२० विश्वकप टिमको घोषणा गरेको हो।

विलियमसनलाई किवि वोर्डले तेस्रो पटक टी-२० विश्वकपको कप्तान नियुक्त गरेको छ। साविकको फाइनलिस्ट न्युजिल्यान्डको टिममा भेट्रान्ट स्टार

मार्टिन गुप्टिलले कीर्तमिमानी सातौं पटक टिममा स्थान बनाउँदा अन्य अनुभवी खेलाडीहरु ट्रेन्ट बोल्ट र टिम साउदीले पनि टिममा स्थान बनाएका छन्।

यस्तो छ टिम

केन विलियमसन (कप्तान), फिन एलन, ट्रेन्ट बोल्ट, मिचेल ब्रेसवेल, मार्क चापमान, डेभन कन्वे (विकेटकिपर), लोकिम फर्गुसन, मार्टिन गुप्टिल, ड्यारी मिचेल, एडम मिल्ने, जिमि निशम, ग्लेन फ्लिप्स, मिचेल सेन्टनर, इश सोधी, टिम साउदी

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077