Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

एटिएम मेसिन चोरी गर्न लागेको अवस्थामा कुमाल पक्राउ

पोखरा । एटिएम मेसिन तोडफोड गर्दै चोरी गर्न लागेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका–६ लेकसाईडस्थित बाएनएमबी बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका–५ सल्यानटार घर भएका २५ वर्षीय मनोज कुमाललाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

एक जना पुरुषले एटिएम फुटाइरहेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई एटिएम फुटाउँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077